स्याङ्जामा पहिरोका कारण ८ को मृत्यु, १ जनाको जिवितै उद्धार



काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोका कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक एसपी होविन्द्र बोगटीले बताए ।

गए राति २ बजे कालिगण्डकी-४ गोतामेडाँडामा खसेको पहिरोले दुई वटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।

यता, वालिङ नगरपालिका-१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका २ जनालाई पुरेको छ ।

माया नेपालीको घरबाट ७ जनाको शव निकालेका छौं, जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी होबिन्द्र बोगटीले भने अर्का १ जनालाई जिवित उद्धार गरेका छौं । घरभित्र २ जना पुरिएका छन् । उद्धार कार्य हुदैछ ।

प्रतिक्रिया दिनुहोस्