
काठमाडौं । पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटमा पहिरोले दुई वटा बगाउँदा पाँच जना बेपत्ता भएका छन् । पहिरोले फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार हुमबहादुर गाहाको परिवारका पाँज जना बेपत्त भएका हुन् । बेपत्ता हुनेहरुमा एकजना पुरुष, २ महिला र २ बालिका रहेका छन् ।
बुधबार राति अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । मनबहादुर गाहाको परिवारका तीन जना भागेर ज्यान जोगाउन सफल भएका छन् ।





