
नेपालस्थित चिनियाँ राजदूतावासका प्रवक्ता बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालका लागि पठाईने अत्यावश्यक सामान ढुवानीका लागि सीमा नाका खोलिदिएको जनाइएको छ । दूतावासका अनुसार सीमा नाका पूर्णरुपमा खोल्नका लागि अन्य काम भैरहेको समेत जनाइएको छ ।
मेडिकल सामाग्री र नेपालको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै एकतर्फी रुपमा नाका खोल्ने निर्णय भएको जनाएको छ ।
कोरोना महामारी र खराब मौसमका कारण दुईतर्फी सामान ढुवानीमा समस्या आएको जनाउँदै त्यसको पूर्णरुपमा कार्यान्वयन गर्न अझै केही समय लाग्ने दूतावासको भनाई छ ।





