कोरोना अपडेटः निधन ४३६, संक्रमित ६७ हजार ८०४, , डिस्चार्ज ४९ हजार ९५४



काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ९, ताप्लेजुङका १, तेह्रथुमका १, पाँचथरका २, मोरङका ४४, संखुवासभाका १, सुनसरीका ३७, धनुषाका ३, बाराका ४, महोत्तरीका १, रौतहटका २, सप्तरीका १२, सर्लाहीका २१, सिरहाका ११, काठमाडौँका ४९२, काभ्रेका १०, चितवनका १, धादिङका १४, नुवाकोटका २, भक्तपुरका ९५, मकवानपुरका १६, ललितपुरका ५०, कास्कीका २२, गोरखाका ५ र तनहुँका ६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपरासीपूर्वका १०, पर्वतका १, म्याग्दीका १, लमजुङका ५, बागलुङका २, स्याङजाका ५, कपिलवस्तुका ६, गुल्मीका २८, दाङका २, नवलपरासीका ५, पाल्पाका १३, प्यूठानका ५, बर्दियाका १९, बाँकेका ३०, रुपन्देहीका ६७, सुर्खेतका ४९, अछामका २२, कञ्चनपुरका ३, कैलालीका १४, डोटीका १७, दार्चुलाका २, बझाङका १ तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र ७ पुरुष छन्।

झापाका ८६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष, काठमाडौँका १६ वर्षीय किशोर र ६८ वर्षीया महिला, ललितपुरका ७४ वर्षीय पुरुष र बर्दियाका ६४ र ३९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ।

मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९ सय ५४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ९७ जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ। ७ हजार १ सय ४ जना क्वारेन्टिनमा छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर २२० जनाको आईसीयुमा र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्। यसैगरी मोरङ, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

यसैबीच स्वास्थ्य मन्त्रालयको २५ हजारभन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजारभन्दा बढी संक्रमित भएमा लकडाउन गर्न सिफारिस गरेको हो।

२५ हजारभन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लकडाउनको सिफारिस गरिएको उनले बताए। साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्