करेन्ट लागेर एक जनाको मृत्यु



कैलाली । खेतमा खुल्ला छोडिएको विद्युतीय तारबाट करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका १० बस्ने वर्ष २९ का रघुवीरसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

रातको समयमा सोही ठाउँ बस्ने नन्दरामा ठगुन्नाको खेतबारीमा खुल्ला छोडिएको विद्युतको तारमा करेन्ट लागेर गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्