बर्दियाका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु



काठमाडौं । बर्दिया जिल्लाका एक कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।

बर्दिया जिल्लाको ठाकुरद्धारा नगरपालिका वडा नं. ७ निवासी ६४ वर्षीय पुरुष्को मंगलबार दिउँसो ४ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

उनलाई असोज ४ गते विहान अस्पताल भर्ना गरिएको थियो । असो ५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टि भएको थियो । फोक्सोको देब्रे भागमा गम्भीर संक्रमण देखिएका उनको त्यसैका कारण उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्