बालबालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिला पक्राउ



खेलिरहेका बाल–बालिकालाई लोभमा पारेर कानको मुन्द्रा लुट्ने महिलालाई प्रहरीले पक्रेको छ ।

महानगरीय अपराध महाशाखा र प्रहरी वृत बौद्धको टोलीले म्याग्दी घर भएकी सन्दिपा खत्रीलाई जोरपाटीबाट पक्राउ गरेको हो ।
काठमाडौँको नेपालटार बस्ने सन्दिपा सार्वजनिक गाडी चढेर निश्चित ठाउँमा जान्थिन् । अनि, त्यहाँ मुन्द्रा लुटेर भाग्थिन् । बच्चा फकाउँदै हिँडेको सिसिटिभी फुटेज हेरेर प्रहरीले उनको पहिचान गरेको थियो ।

सन्दिपाले मुन्द्रा लुटेका १६ जना बालबालिकाका परिवार प्रहरीको सम्पर्कमा पुगेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्