चट्याङ लागेर मृत्यु



लमजुङ । बेशिसहर नगरपालिका-६ पुमागाउँ बस्ने ४२ वर्षीय सन्ते बिकको चट्याङ् लागेर सोमबार राति मृत्यु भएको छ ।

जेठा बुबाको घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर घाइते भएका उनको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्