खोलाले बगाई मृत्यु



नवलपरासी । देवचुली नगरपालिका-१६ बस्ने लिल बहादुर सारू मगरकी छोरी १७ वर्षीया जिम माया सारू मगरको सोही ठाउँस्थित खहरे खोलाले सोमबार बगाई मृत्यु भएको छ ।

बाख्रा चराउन गएको अवस्थामा उक्त खोला तर्ने क्रममा बगाएकोमा उद्दार गरी पुरानो मेडिकल कलेज भतरपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्