मृत अवस्थामा फेला



काठमाडौं । कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखाल दुर्गा टोल बस्ने ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा करिब ५ सय मिटर टाढा खेतमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका
छन् ।

कैलाली, गोदावरी नगरपालिका-६ बस्ने ५८ वर्षीय धन बहादुर ऐर घरबाट करिब १ सय ५० मिटर टाढा धान खेतमा सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, धुनिबेशी नगरपालिका-९ सिक्रेखोला बस्ने राजकुमार रानाभाटको छोरा ३ वर्षीय अनुराज रानाभाट सोही ठाउँस्थित सिक्रेखोलामा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्