जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं । आफ्नै ८ वर्षीया बालिका बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ शान्तिनगर जागृतिनगर बस्ने ओखलढुंगा घर भएका १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ओखलढुङ्गा, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-६ राना टोल बस्ने ५२ वर्षीय डिक बहादुर राना मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको ।

ती महिलालाई आइतबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखेबाट खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्