सञ्चारकर्मीका लागि कोभिड-१९ र मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्य सम्बन्धी तालिम



काठमाडौं । देशभरिका सामुदायिक रेडियोकर्मीका लागि कोभिड १९ र मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्य सम्बन्धी तालिम असोज ५ गतेदेखी सुरु भएको छ । यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओको सहकार्यमा सुरु भएको र्भच्युएल तालिम १३ वटा समुहमा बिभाजन गरेर गरिएको छ । एक समुहलाई एक दिन गरेर १३ दिन सम्म तालिम सञ्चालन हुनेछ ।

तालिमको सुरुवात गर्दै कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले रेडियोकर्मीले मानसिक तथा मनोबैज्ञानिक स्वास्थ्यको बारेमा आम स्रोतालाई सहि सुचना तथा जानकारी दिएर भूमिका खेल्न सक्ने बताउनु भयो । यूनिसेफका बिकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले देशभरिका रेडियोकर्मीहरुलाई प्रशिक्षण दिए पश्चात निरन्तर सहकार्य गरेर एउटै सञ्जालमा जोडिइरहने बताउनु भयो ।

उहाँले तालिम पश्चाल फेलोसिप र पुर्नताजकि तालिम आवस्यकता र माग अनुसार सञ्चालन गर्न सकिने बताउनु भयो । सीआईएनका प्रवन्धक एवं तालिम संयोजक दीपक आचार्यले देशभरिका एक रेडियो पनि तालिममा सहभागि हुन नछुटोस भनेर खुल्ला आवेदन आह्वान गरेको बताउनु भयो । अझै पनि कोहि छुटेको भए आवेदन दिन पाउने आचार्यले बताउनु भयो ।

सामुदायिक रेडियोमा पनि काम गरि अन्य सञ्चार माध्यममा पनि जिल्ला संवाददाताको रुपमा काम गर्ने सञ्चारकर्मीहरु तालिममा सहभागि भएकाले तालिमले मानसिक स्वास्थ सम्बन्धी रिपोर्टीङमा सुधार आउने बिश्वास व्यक्त गरिएको छ । बढ्दो आत्महत्यालाई निरुत्साहित गर्नको लागि र परामर्शमा जानको लागि आम स्रोतालाई प्रत्साहन गर्ने सामग्री सञ्चार माध्यमको प्राथमिकता पार्ने तालिमको उद्देश्य रहेको छ । ख्यातिप्राप्त चिकित्सकहरु, युनिसेफ र सीआईएनका प्रशिक्षकहरुले प्रशिक्षण दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्