भर्खर फक्रिदै गरेको कोपिलालाई मुर्झाउन न दिनु, अन्जु बस्नेत भन्छिन : म बाच्न चाहन्छु मलाई बचाउनुहोस् (मार्मिक भिडियो सहित )



काठमाडौं । गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-१० की २१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम न गरे पछि अहिले पिडित अन्जुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भै रहेको छ । अन्जु बिगत केहि महिनादेखि काठमाडौंको स्वयम्बु स्थित मनमोहन मेमोरियल अस्पताल डाइलाइसिस् गराउदै आइरहेकी छन् ।

दुवै मृगौला फेल भै उपचार गराइरहेकी अन्जुको सहयोगका लागि बिभिन्न देश विदेशमा अभियान संचालन भैरहेको जानकारी स्कटनेपाल संग को कुराकानी मा आफै अन्जु ले जानकारी गराएकी छन् र उनका अनुसार मृगौला प्रत्यारोपणको तयारी भैरहेको छ ।

अन्जुको नाममा अनुमानित १५ लाखभन्दा बढी संकलन भएको छ । तर दुवै मृगौला प्रत्यारोपण गर्न धेरै रकम लाग्ने र उक्त रकमले नपुग्ने भएकाले आवश्यक सहयोग गरिदिन अन्जुकी आमा बिष्णु बस्नेतले देश विदेशमा रहेका नेपाली सहयोगी मन हरु प्रती अनुरोध गरेकी छन् ।

तलको उक्त भिडियोमा पिडित अन्जु र आमाले सबै जानकारी गराउनु भएको छ । सक्दो सहयोग गर्न र सहयोगी मन हरु सम्म पुराई दिनु हुन् यस भिडियो लाइ आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्