सरकारलाई बाबुरामको प्रश्न : सरकार किन कानमा तेल हालेर बसेको हो ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा पनि भित्राउन पहल नगरेको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् ।

उनका अनुसार चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामा अलपत्र परेका छन् ।

लामो समयदेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने डा.भट्टराईको भनाइ छ । तर पनि सरकार कानमा तेल हालेर बसेको उनले बताएका छन् ।

उनले आज विहान लेखेका छन्, छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सहितका कन्टेनर ६ महिना बडी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरुलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरु हारगुहार गर्दे यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानि र रसुवागढी हाल बन्द छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनल नाका बन्द गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्