रिसको झोकमा छोराले धकेल्दा बाबुको मृत्यु



आफ्नै बाबुको हत्या गरेको आरोपमा तनहुँ आँबुखैरेनीका २१ बर्षिया  विरमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ३१ गते प्रहरीलाई अचानक मान्छे मारेर गाडेको खबर आएपछि प्रहरीले छानबिन सुरु गरेको थियो । आवेगमा आएर विरमानले आफ्नै ४१ बर्षिया राजकुमार गुरुङलाई धकेल्दा उनको ज्यान गएको हो ।

मृतकको मदिरा सेवन गर्ने लत थियो । घटनाको दिन मदिरा सेवन गरेर छोरा–बुहारीलाई ‘तिमिहरु घर छाड्’ भनेपछि विवाद भयो ।

छोरा वीरमान र बुहारी सामान प्याक गरेर घरबाट निस्कन खोज्दा ‘आफ्नो भागको गाईवस्तु पनि लैजा’ भनेर कठालो समाएपछि छोराले राज कुमारलाई हुत्याएका थिए । आँगनमा बजारिँदा उनको प्राण गयो ।

 

प्रतिक्रिया दिनुहोस्