त्रिभुवन विश्वविद्याल प्रहरीको परेड खेलाउने स्थल होइन : नेविसंघ



काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक रहेको बताएको छ । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्न पनि नेविसंघ अध्यक्ष राजिब ढुंगानाले सोमबार विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।

‘विश्वविद्यालयमा दैनिक प्रहरीको प्रवेश आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप तुरून्त बन्द गरोस् ।

हैन भने सरकारले गराएको प्रहरी हस्तक्षेप र उपकुलपतिले गराएको प्रहरी संरक्षित गुण्डागर्दीको विरूद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुनेछौं।’

त्रिविमा उपकुलपतिले नेविसंघ कार्यकर्ता र आफूसँग असहमत प्राध्यापकहरूलाई झुठा मुद्दा लगाएर दुस्ख दिएको पनि नेविसंघको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्