बिपक्षी दलका नेताद्वारा डा.केसीको अनशनमा ऐक्यबद्धता, सरकारलाई माग पूरा गर्न आग्रह



सुर्खेत । प्रा.डा गोबिन्द केसीको १९ औं अनशनलाई बिपक्षी दलका नेताहरूले समर्थन तथा ऐक्यबद्धता जनाएका छन् । जुम्ला जिल्लाको एक मष्टो मन्दिर परिसरबाट भाद्र १९ गतेदेखि अनशन थालेका केसीको स्वास्थ अबस्था बिग्रदै गएको छ । उनलाई नेपाल प्रहरीले कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठानमा पुर्याएको छ ।

केसीले आफूलाई अनशन स्थलबाट अपहरण गरेर राज्यले अस्पताल ल्याएको आरोप लगाएका छन् । उनले उपचार नलिने र माग पूरा नभए मृत्युवरण गर्न तयार रहेको बताएका छन् । आज अनशनको ८ दिन पुगिसकेको छ ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन शुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदश तथा डोटी, डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संसोधन गरिनुपर्ने लगायतका मागहरु राखेर डा।केसीले अनसन शुरु गरेका हुन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक रवि किरण हमाल, नेपाली काङ्ग्रेसका महामन्त्री पुर्ण बहादुर खड्का , साझा पार्टी कर्णाली प्रदेश संयोजक गेहेन्द्र दाहाल लगाएत बिपक्षी दलका नेताहरूले डा.केसीमा माग पूरा गरेर जीवन रक्षा गर्न माग गरेका छन् ।

नेपाली काङ्ग्रेसका महामन्त्री खड्काले सामाजिक संजाल फेसबुकमा लेखेका छन् चिकित्सा स्वास्थ्यको सुधार र आमनागरिकको पहुचमा सर्बसुलभ स्वास्थ्य सुबिधाको बिस्तार लगायतका आमजनताको हितका माग राखि आमरण अनसनमा बस्नु भएका डा.गोबिन्द के.सी को स्वास्थ्य अबस्थालाई ध्यानमा राखि सम्बाद द्धारा तत्काल केसिका माग पुरा गर सरकार ! डा.केसी प्रति हाँम्रो ऐक्यबद्धता ।

नयाँ शक्ति पार्टीले अनशन बसेकै दिन सरकारलाई ध्यानाकर्षण गराएको थियो । नयाँ शक्ति पार्टी कर्णाली प्रदेशले सिडियो मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ । त्यस्तै साझा पार्टीले डा.केसीको अनशनमा ऐक्यबद्धता जनाउन एउटा टिम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्