आज बस्ने भनिएको सचिवालय बैठक स्थगित : भोलि बालुवाटारमा बस्ने



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः३० बस्ने गरी स्थगित भएको हो ।

पेरिसडाँडामा आइतबार सुरु भएको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, संबैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको थियो ।

मंगलबारको बैठक बालुवाटारमा बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्