खोला तर्ने क्रममा डुबेर मृत्यु



काठमाडौं । सुनसरी, हरिनगरा गाउँपालिका-४ बस्ने २२ वर्षीय सुशिल मेहताको सोही ठाउँस्थित मारिया खोला तर्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।

रुपन्देही, सिद्धार्थनगर नगरपालिका-१० दोदगहरी बस्ने झिम्की कुर्मीको १० वर्षीय छोरा सुग्रिम कुर्मीको घरबाट करिब ४ सय मिटर टाढा बन्दै गरेको घरको सेप्टी ट्याङ्कीभित्रको

पानीमा डुबेर आइतबार मृत्यु भएको छ । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त ट्याङ्कीमा शव फेला परेको हो ।

धनकुटा, महालक्ष्मी नगरपालिका-२ चोक्टयाङ् झरनाटोल बस्ने खेमलाल चाम्लिङकी ३ वर्षीया छोरी प्रिन्सिका चाम्लिङ्को घरकै छेउमा रहेको पानी बग्ने कुलोले बगाउँदा मृत्यु भएको छ ।

शनिबार दिउँसो बगाएर बेपत्ता भएकी प्रिन्सिका आइतबार घरबाट करिब ८ सय मिटर टाढा मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्