मृत अवस्थामा फेला



काठमाडौं । सुनसरी, देवानगंज गाउँपालिका-३ स्थित राजारानी थान मरिया खोलामा सोही ठाउँस्थित मामा घरमा बस्दै आएका दुहवी नगरपालिका-८ सोनापुर घर भएका २४ वर्षीय सन्तोष मण्डल आइतबार मृत अवस्थामा फेला परेका छन् ।

बिश्वकर्माको मूर्ति सेलाउन गएका उनी हराई बेपत्ता भएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
झापा कन्काई नगरपालिका-८ समाबेशी टोलस्थित नालीमा सोही नगरपालिका-९ बस्ने ४८ वर्षीय बिमल कर्ण आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी शिवसताक्षी नगरपालिका-३ कमलखोलाको पुल मुनी हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

पर्सा, छिपहरमाई गाउँपालिका-४ बन्जारी चोकस्थित नहरमा भारत बिहार बस्ने ९५ वर्षीय गोकुल हजरा आइतबार मृत अवस्थामा फेला परेका छन् । शनिबार साँझ घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-१० कुपण्डोल ज्वागल बस्ने ६० वर्षीय योगेन्द्र राई आफ्नै घरको शौचालयमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

ईलाम, सूर्योदय नगरपालिका-१० याङस्थित सडकमा सोही स्थान बस्ने ६६ वर्षीय टेक बहादुर दर्जी शनिबार मृत अवस्थामा फेला परेका छन् । विगत एक महिना अगाडिदेखि घर छोडेर हिँडेका टेक बहादुरको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्