जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



भोजपुर । आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त् हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्