जबरजस्ती चन्दा उठाउने दुई जना पक्राउ



काठमाडौं । पोखरा महानगरपालिका ६ हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका ७ मोतीडाँडा घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका ७ मनमैंजु बस्ने रबिन केसी भन्ने २७ वर्षीय ध्वजबहादुर रावत र रोल्पा गंगादेबी गाउँपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका १६ गोंगबु बस्ने २२ वर्षीय रामकुमार डाँगी रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको उजुरी पछि प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको जनाएको छ।

उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्