गहना व्यापारीको परिवारको  चारजना झुण्डिएको अवस्थामा फेला



भारतको जयपुरमा एकै परिवारका ४ जना झुण्डिएको अवस्थामा फेला परेका छन् ।

घटना केहीदिन अगाडीको मात्र हो । भारतको जयपुरमा बस्ने ४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् ।

यशवन्त आफ्नो परिवारसँग बस्दै आएका थिए । उनले केहीबर्षदेखि गहना पसल चलाइरहेका थिए । प्राप्त जानकारी अनुसार उनले धेरै नै ऋण लिएका थिए । ऋण तिर्न नसकेर यशवन्तले यसअघि पनि हातको नशा काटेर आत्महत्या गर्न खोजेको उनका छिमेकीले बताएका छन् ।

घरबाट कोहीपनि सदस्य बाहिर नआएपछि यशवन्तका छिमेकी उनको घरमा हेर्न गए । धेरैबेर ढकढक्याउँदा पनि कसैले ढोका नखोलेपछि छिमेकीले झ्यालबाट हेरेका थिए । जहाँ ४ जना नै झुण्डिएको अवस्थामा देखेपछि छिमेकी छक्क परे र तुरन्त प्रहरीलाई खबर गरे । यहाँ अचम्मको कुरा त के छ भने ३ बाउछोरा एउटा कोठामा र श्रीमती अर्को कोठामा झुण्डिएकी थिइन् ।

छोराहरुको खुट्टामा पट्टी बाधिएको थियो भने श्रीमतीको आखाँमा पट्टी बाधिएको थियो । प्रहरीले अनुसन्धान गर्दा सुसाइड नोट पनि भेटिएको छ । तर घरमा कसैले राति गएर उक्त परिवारमाथि कसैले हमला गरेको आशंका पनि छ । यतिबेला ४ जनाकै शरीर पोष्टमार्टमको लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्