६ महिनासम्म बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया



काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।

सरकारले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न भनेपछि वायुसेवा सञ्चालकले उडान गर्र्न नसकिने भन्दै विरोध गरेका थिए । अन्ततः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको ग्रिन सिग्नलले शतप्रतिशत नै यात्रु राखेर उडाउने तयारीमा एयरलाइन्सहरु छन् ।

मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएका छन् ।

यस्तो हुनेछ प्रक्रिया

तपाई यात्रा गर्दै हुनुहुन्छ भने विमानस्थलको बाहिरी गेटमा नागरिक उड्डयन प्राधिकरणले तपाइको ताफक्रम चेक गर्नेछ । त्यसपछि तपाइ भित्र छिर्नुहुनेछ तर कसैलाई नछोइ भौतिक दुरी कायम गर्दै । ७० वर्षभन्दा माथिका र दीर्घरोगीलाई यात्रा गर्न दिइने छैन ।

सम्बन्धित वायु सेवा संस्थालाई बुझाउने गरी हेल्थ डिक्लेरेसन फारम भर्नुपर्नेछ । जसमा तपाइलाई कोभिडको कुनै लक्ष्य नभएको उल्लेख गर्नुपर्ने हुन्छ । यदि कुनै लक्षण भए तपाई यात्राका लागि योग्य हुनुहुन्न् ।

बोर्डिङ पास लिएर तपार्य उडान भर्न विमानसम्म पुग्न बसमा चढ्नुपर्ने छ, जसमा डिसइन्फेकस गरिएको हुन्छ । प्लेनमा पालैपालो चढ्नुपर्नेछ । तर प्लेनभित्र सिटमा बस्दा तपाईको दुरी कायम हुनेछैन । तपाईको आडैको सिटमा अर्को यात्रु पनि बस्न पाउनेछ । उडानक लागि बनाएको सुरक्षा सम्बन्धि प्रोटोकल भने सबै एयसलाइन्सले पालना गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्