अब खुल्ने भयो पशुपतिनाथ मन्दिर



कोरोनाका कारण लामो सयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर अब खुल्ने भएको छ ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

मन्दिर खुलेपनि पहिले जसरी दर्शनार्थीहरुले भिडभाड भने गर्ने पाउने छैनन् । दर्शन गर्न आएकाहरुले अनिवार्य रुपमा २ मिटरको भौतिक दुरी कायम गर्नपर्नेछ ।

विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले बताए । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए ।

यस्तै पशुपतिनाथमा केहीसमयसम्म विशेष पूजा नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्