भूत भगाउने भन्दै १२ बर्षिया बालिकालाई पन्यूले डामेपछि…



स्थायी घर बाजुरा भई हाल चोभारमा बस्ने २६ बर्षिया किशोर शाहीलाई भूत भगाउने भन्दै १२ बर्षिया बालिकालाई पन्यू तताएर डामेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ ।

असोज १ गतेबाट बालिका बिरामी हुन थालिन् । तर त्यस्तो गम्भिर बिरामी भने बालिका थिइनन् । बिरामी भएपछि किशोरले भूत लागेको भन्दै पन्यूले डाम्नुपर्ने बताएपछि चारपटक सम्म पन्यूले डामेका थिए ।

पन्युले डामेपछि बालिकाको ४ प्रतिशत अनुहार जलेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्