रोटरी क्लब अफ पशुपतिद्धारा कर्मशील महिला अभियानलाई फर्निचर हस्तान्तरण



काठमाडौं । रोटरी क्लब अफ पशुपतिले बूढानीलकण्ठ-१० स्थित कर्मशील महिला अभियान नेपाललाई आज विषेश कार्यक्रम बिच फर्निचर हस्तान्तरण गरेको छ ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का सहायक गभर्नर रोटरियन दुर्गादेव सुवेदीले रोटरी ईन्टरनेशनलले ११५ वर्षदेखि २०० देशमा पोलियो उन्मुलन, स्वास्थ्य सेवा र शिक्षाको क्षेत्रमा, विपन्न वर्गको उत्थान, आयआर्जन, मातृशिशु, खानेपानी तथा सरसफाईको क्षेत्रमा विश्वकै अग्रणी संस्था रहेको बताए।

बूढानीलकण्ठ-११ का वडाध्यक्ष राजु अधिकारीले रोटरी क्लबका साथीहरूले गाँस कटाएर गरेको सहयोग सदुपयोग हुनेमा आशा व्यक्त गरे ।

बूढानीलकण्ठ-१२ का वडाध्यक्ष शम्भु भट्टराईले रोटरी क्लबले समाजसेवा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै महिला सशक्तिकरणको लागि गरेको सहयोग प्रती धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै रोटरी क्लब अफ पशुपतिका अध्यक्ष शालिक अधिकारीले रोट्रयाक्ट क्लब अफ पशुपति, रोटरी कम्युनिटी क्रपले बूढानीलकण्ठ-१० को कर्मशील महिलालाई गरेको सानो सहयोग सदुपयोग हुनेमा विश्वास ब्यक्त गरे ।

कार्यक्रममा रोटरी क्लब पशुपतिका निवर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष गोपाल पोखरेल, अध्यक्ष नोमिनी सूर्यबहादुर अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

सावित्री भट्टराईले संचालन गरेको कार्यक्रममा देवी रेग्मीले अध्यक्षता गर्दै रोटरी क्लबले पुर्याएको सहयोगलाई धन्यवाद दिदै आगामी दिनमा समेत रोटरी क्लबबाट थप सहयोगको अपेक्षा गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्