पेट्रोल ट्यांकर त्रिशुली नदीमा खसेर आगलागी



काठमाडौं । पेट्रोल बोकेको एक ट्यांकर त्रिशुली नदीमा खसेर आगलागी भएको छ । काठमाडौंतर्फ आइरहेको ना ४ ख २८२२ नम्बरको ट्याँकरको धादिङ जिल्लाको गल्छी गाउँपालिका ६ चरौंदीस्थित सुत्केरी डाँडाबाट करिब ६ सय मिटर तल त्रिशुली नदीमा खसेर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दमकलको सहायताले आगो निभाइएको छ । नदीमा खसेको ट्याँकरको केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको भछ ।

प्रतिक्रिया दिनुहोस्