दुधौलीका ३५५ घर मुसहरलाई आधुनिक घर हस्तान्तरण



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाका विभिन्न वडामा निर्माण गरिएका ३५५ घर मुसहर परिवारलाई आज एक कार्यक्रमका विच घर हस्तान्तरण गरिएको छ । मुसहरलाई बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले आज चावि हस्तान्तरण गर्दै भवन हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेश सरकारको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा ३५५ वटा घर निर्माण गरिएको शहरी विकास विकास कार्यालय सिन्धुलीका प्रमुख ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९ र ११ मा गरि ३५५ वटा घर निर्माण गरिएको छ ।

मुख्यमन्त्रि पौडेलले यहिले निर्माण गरिएका भवनहरुमा शौचालय, खानेपानी लगाएतका अन्य पूर्वाधारहरु प्रदेशस सरकारले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुधौलीमा अझै ४९५ मुहकर घर परिवारलाई पनि प्रदेश सरकारले घर निर्माण गरि दिने बताउनुभयो । असुरक्षित र जोखिम तरिकाले बसोबास गर्दै आएका मुसहरलाई सुरक्षित स्थानमा सानेी दायित्व राज्यको भएको भन्दै पीछडिएका सिमान्तकृत समुदायलाई राज्यले सुरक्षित स्थानमा सार्ने प्रतिबदद्धा व्यक्त गर्नुभयो ।

यहाँको दुधौली नगरपालिका वडा नं. ११ को तल्लो पत्रिङ्गाबाट ३५५ घर मुसहर समुदायलाई घर हस्तान्तरण गर्नु भएको हो । दुधौली नगरपालिकाका विभिन्न वडामा बनेका घरहरु तल्लो पत्रिङ्गामा आयोजित एक कार्यक्रमका वीच मुख्यमन्त्री पौडेलले चावि हस्तान्तरण गर्दै घर हस्तान्तरण गर्नुभएको हो ।

संविधानले ग्यारेन्टि गरेको गास, बासका कुरा प्रतिबद्धता अनुसार यहाँ मुसहर बस्तिलाई सुरक्षित आवासको व्यवस्था गरेको बताउनुभयो । कमजोर आर्थीक अवस्था, पीछडिएको बर्ग, सिमान्तकृत वर्गहरुको निमित्त संविधानले ग्यारेन्टी गरेको अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले दुधौलीमा रहेका मुसहर बस्तिहरुलाई भवन निर्माण गरिएको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘यहाँ सुरक्षित आवास भएपनि आवसका लागि चाहिने न्युनतम पूर्वाधारहरु नवनेकाले वागमती प्रदेश सरकारले शौचालय, खानेपानी लगाएतका आवश्यक पुर्वाधार निर्माण गर्नेछ ।’ यदि यी संरचना नबनाए सुरक्षित आवास अधुरो हुने उहाँको भनाई रहेको छ ।

अहिलेको सरकार सुखि नेपाली समृद्ध नेपाल बनाउने अभियान अनुसार यहाँ मुसहर बस्तिलाई भवन निर्माण गरिएको बताउनुभयो । झुप्रो र साना छाप्रामा सवै किसिमका जोखिममा बसोबास गर्ने मुसहरको जीवन स्तर उकास्न सुरक्षित आवास मात्र हैन स्थानीय स्थतरमै मुसहरहरुलाई रोजगारी समेत सिर्जना गर्ने बताउनुभयो ।

उहाँले हजारौ हजार बस्तिहरुलाई सुरक्षित स्थानमा सार्न जरुरी रहेको बताउदै अझै दुधौलीमा ४९५ मुसहर समुदायका घर परिवारलाई सुरक्षित स्थानमा सार्न आवश्यक रहेकाले प्रदेश सरकारले समेत यस्ता व्यक्तिहरुलाई सुरक्षित आवास निर्माण गरिदिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘म मुुहरहरुको संस्कृति, आनि वानी, व्यवहारसंग म परिचित छु, यो देशका सवै भन्दा जोखिम र सवै भन्दा पीडित मुसहरहरु हुनुहुन्छ । उहाँहरुको बालबच्चाको संरक्षण, उचित शिक्षा लगाएतका कुरमा पनि अव स्थानीय सरकारसंग प्रदेश सरकारले आवश्यक समन्वय गर्नेछ ।’

आवास विहीन सिमान्तकृत, दलित र विपन्न समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत मुसहर सुदायका व्यक्तिहरुलाई भवन हस्तान्तरण गरिने भएको हो ।

बागमती प्रदेश सरकारको ११ करोड २२ लाख ७ हजार ६५१ रुपैंयाको लागतमा ३५५ वटा घर निर्माण गरिएको शहरी विकास विकास कार्यालय सिन्धुलीका प्रमुख ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ९ र ११ मा गरि ३५५ वटा घर निर्माण गरिएको छ ।

५९० घर जनता आवास कार्यक्रममा छनौट भएकोमा पहिलो पटक ३५५ जना लाभग्राहिमा परेको र बाँकी अरु छनौट भएकाहरुको बजेट विनियोजन भएपछि बनाईने उहाँको भनाई रहेको छ । प्रदेश सरकारले एक घर बराबर ३ लाख ३६ हजार रुपैंया उपलब्ध गराएको समेत उहाँले जानकारी दिनुभयो । घर निर्माण कार्यमा अन्य आवश्यक सहयोग स्थानीय सरकारले समेत गरेको उहाँको भनाई रहेको छ ।

विगत तीन बर्ष देखी सुरु गरिएको जनता आवास कार्यक्रममा पहिलो बर्ष ६ वटा, दोस्रो बर्ष ९५ वटा र तेस्रो बर्ष २५४ वटा घर निर्माण भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माण गर्नको लागि ३ लाख ३६ हजार लाई चार किस्तामा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । लाभग्राहीले पहिलो किस्तामा २५ प्रतिशत, दोस्रो किस्तामा ३० प्रतिशत, तेस्रो किस्तामा ३५ प्रतिशत र चौथो किस्तामा १० प्रतिशत अनुदान रकम वितरण गरिएको बताउनुभयो । घर सम्पन्न भएका केही घर परिवारले अन्तिम किस्ता लिन बाँकी रहेको र बाँकी रहेको रकम चाडै उपलब्ध गराईने बताउनुभयो । घरमा रंग लगाउने लगाएतका सामान्य प्रकृतिका काम बाँकी रहेकाले उनीहरुले गरेपश्चात उपलब्ध गराईने उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्