‘निजी विद्यालय र सामुदायिक विद्यालयको बिचको खाडल पुर्नुपर्छ ‘ : डा. राजन भट्टराई



सामुदायिक र निजी विद्यालय बिचमा रहेको ठूलो खाडल गुणस्तरीय शिक्षा प्रदान गर्दै पुर्नुपर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले बाल उद्धार माध्यामिक विद्यालयद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बताएका छन् ।

आफ्नो विद्यार्थी जीवनमा सरकारी विद्यालय नै पढेको स्मरण गर्दै त्यतिबेला निजी विद्यालयहरु थुप्रै हुदाँ हुदैँ पनि आफूले निजी विद्यालयतिर पढ्न इच्छा र निजी विद्यालयभन्दा सामुदायिक विद्यालयमा नै अत्यन्त राम्रो पढाई हुने गरेको भट्टराइले बताएका थिए । हाल सामुदायिक विद्यालयहरुमा विद्यालय व्यवस्थपान समिति,  शिक्षक–शिक्षिकाहरु र अभिभावकहरुले विद्यालयको स्तर उन्नती, लगायतका विद्यालयसँग सम्बन्धित कुराहरुमा ध्यान दिनुको साटो आफ्नै विद्यालयका विद्यार्थीहरुलाई निजी विद्यालयमा लगेर आर्थिक लाभ लिएर पठाउने जस्ता गैरजिम्मेवारी कामहरुलाई बढवा दिदाँ सामुदायिक विद्यालयहरु ओझेलमा परेको बताएका छन् ।

बाल उद्धार माध्यामिक विद्यालयको व्यवस्थापन समितिले आयोजना गरेको बुद्धिजीवीहरुसँगको छलफलमा भट्टराईले यस विद्यालयमा पनि त्यस्ता खाले कुनै गतिविधि भएको भए तत्काल रोक्नुपर्ने अन्यथा अटेरी गर्ने जो कोहीलाई पनि विद्यालयको नियम अनुसार कारवाही गर्न विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई निर्देशनात्मक सल्लाह दिएका छन् । उनले कार्यक्रममा बोल्दै भने “मैले यस विद्यालयको लागि कयौँ पटक व्यक्तिगत हिसाबले र सरकारी तवरबाट गरिने सरसहयोगहरुमा कुनैपनि कसुर बाकिँ नराख्ने र थप आवश्यक सहयोगका लागि जतिबेला पनि आफू तयार रहेको छु” ।

त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव प्रसाद घिमिरेले विद्यालयमा आफ्नो नयाँ व्यवस्थापन समितिले गरेका काम कारवाहीहरु र आगामी दिनमा गरिने कामका बारेमा बेलिविस्तार सुनाउँदै भने, “हामीले यस विद्यालयमा हाम्रो कार्यकालको समयावधि रहुन्जेल राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्ड सजाय गर्ने कार्यको थालनी गरेका छौँ” ।

आफूहरुले जिम्मेवारी सम्हालेको पहिलो बैठकबाट नै दलीय हिसाबले भागबण्डा गरेर राखेका ३ जना सह–प्रधानाध्यापकहरुलाई हटाइएको, त्यसैगरी ७ जना स्थायी शिक्षकहरु दरबन्दी भन्दा बढी हुदाँ हुदैँ राजनैतिक आडमा थुप्रै अन्य अस्थायी शिक्षकहरु राखिएको प्रसंग जोड्दै अध्यक्ष घिमिरेले अनावश्यक रुपमा राखिएका शिक्षक र केही कर्मचारीहरुलाई बूढानीलकण्ठ नगरपालिकाको समन्वयमा गोल्डेन चेक हस्तान्तरण गरेर बिदाई गर्ने तयारी रहेको समेत जानकारी गराएका छन् ।

डा. भट्टराईको प्रमुख आतिथ्यमा बोलाइएको शो कार्यक्रममा अतिथिहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगरपालिकाका अध्यक्ष रबिन अधिकारी, बूढानीलकण्ठ नगरपालिकाकै प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ सापकोटा, अन्य अतिथिहरु उप मेयर रमादेवी राई, प्रहरी प्रभात कपनका प्रहरी निरीक्षक शेखरजंग मल्ल, नवराज भट्टराई, शम्भु भट्टराई, शिव बँजगाई, तिलक लुईटेल, जगत निरौला लगायतका अन्य थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको  कार्यक्रम बिद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले अतिथीलाई स्वागत , ध्रुव प्रसाद घिमिरेले अध्यक्षता र राजन रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्