कुलमानका समर्थकलाई कुटेको घटनाबारे छानबिन गरिदैँ



विद्युत प्राधिकरणमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै उनका समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका थिए । तर प्रहरीले सोहि प्रदर्शनमा सहभागि भएका बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि हमला गर्यो ।

उनीहरुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे छानविन थालेको छ ।

यतिबेला बबरमहल र बिजुलीबजारमा भएको घटनाको छानबिन भैरहेको जानकारी प्राप्त छ ।

बिहीबार (१ असोज)मा माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स (१००) ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेका थिए । इन्सपेक्टर न्यौपाने नेतृत्वको टोलीले उनलाई  झम्टीझम्टी कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।

त्यस्तै शुक्रवार बिजुलीजार पुलमा अनामनगरका मनिष श्रेष्ठलाई प्रहरीले निर्घात कुटेका थिए । प्रहरीको कुटाइबाट घाइतेको उनको रक्ताम्मे फोटो, भिडियो पनि सामाजिक सञ्जामा भाइरल छ । श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्