५ बर्षपछि रानीपोखरीमा भरियो पानी



काठमाडौँस्थित रानीपोखरी ५ बर्षपछि पानीले भरिएको छ ।

खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

पानी भरिएपछि रानीपोखरीको सुन्दरता बढेको देख्न सकिन्छ । रानीपोखरीमा २ दिन लगाएर पानी भरिएको बताइएको छ । प्राप्त जानकारी अनुसार रानी पोखरीमा ३ करोड लिटर पानी भरिएको छ । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्