अस्पतालबाट डिस्चार्ज भए कांग्रेस महामन्त्री कोइराला



कोरोना पोजेटिभ देखिएपछि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला मगंलबारबाट ओम अस्पतालमा भर्ना भएका थिए ।

आजमात्र डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

स्वास्थ्यमा सुधार भइसकेकाले एक हप्ता होम आइसोलेशनमा बस्ने गरी उनलाई हस्पिटलबाट डिस्चार्ज गरिएको हो ।

कोइरालालाई निमोनियाको शंका लागेपछि मंगलबार साँझबाट प्यारासिटामोल दिएर आईसीयूभित्रको आइसोलेसनमा चिकित्सकीय निगरानीमा उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्