विद्यार्थी संगठनले दिए शिक्षामन्त्रीलाई १३ माग सहित सात दिने अल्टिमेटम



काठमाडौं । अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायत १३ विद्यार्थी संगठनले विभिन्न माग राख्दै सात दिने अल्टिमेटम दिएका भछन् ।

विद्यालय, क्याम्पस र विश्वविद्यालयको शैक्षिक सत्र खेर जाने अवस्था देखिए पनि समस्या समाधानका लागि सरकार गम्भीर तथा सरोकारवालासँग छलफल नगरेको विद्यार्थी संघ(संगठनको आरोप छ।

शुक्रबार संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका हुन्। निजी विद्यालय र क्याम्पसहरूले अनलाइन कक्षाका नाममा चर्को शुल्क उठाएकोले कारवाबाही गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्