काँग्रेस सभापति देउवाको कोरोना रिपोर्ट नेगेटिभ



काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवासहित सपरिवारको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबार देउवासहित पत्नी डा.आरजु देउवा, छोरा जयवीर सिंह देउवासहित सपरिवारको कोरोना परीक्षण गएिको थियो । शुक्रबार विहान उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको देउवाको निजी सचिवालयले जानकारी दिएको छ ।

बिहीबार बिहान देउवाको निजी सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ परेको देउवा परिवारका सदस्यको पीसीआर परीक्षण गरिएको थियो ।

हिजोबाट उनीहरु स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए। यसअघि तीन हप्ता अगाडि पनि देउवा निवासमा कार्यरत कर्मचारी र देउवा परिवारको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस्