सामूहिक बलात्कारपछि आत्माहत्या : दुई मुख्य आरोपी पक्राउ



काठमाडौं । सप्तरी डाक्नेश्वरी-७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको भछ । रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

उनीहरु बलात्कारका मुखय आरोपी हुन् । अन्य दुई जना अझै फरार रहेको सत्तरी प्रहरी प्रवक्ता नायब उपरीक्षक तिलक भारतीले बताए ।

न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी थिइन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी थिइन् ।

पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । बिहीबार राति पक्राउ बलात्कारका मुख्य आरोपी दुईसहित पञ्चायती गराउनेहरु इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्