प्रधानसेनापति र पाकिस्तानका राजदूत बीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले मित्रराष्ट्र पाकिस्तानका राजदूत H.E. Mr. Mazhar Javed संग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कने क्रममा रहेका राजदूत H.E. Mr. Mazhar Javed र प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सङ्ग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्