वामदेव गौतमले लिए सपथ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यको पद तथा गोपनियताको सपथ लिएका छन् । गौतमलाई बिहीबार राष्ट्रिय सभा अध्यक्षका गणेश तिमल्सिनाले सिंहदरवारमा सपथ गराएका हुन् । गौतमले जनताका नाममा सपथ लिएका हुन् ।

सपथ समारोहमा संक्षिप्त सम्बोधन गर्दै गौतमले अव आफ्नो कामकारवाही राष्ट्रिय सभामा केन्द्रीत हुने बताए । यस्तै उनले राष्ट्रियसभाको प्रतिष्ठा र गरिमा नगिराउने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ लगायतका नेता तथा सांसदहरु सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्