भूकम्पले घर ढल्दा धनमाल नष्ट



काठमाडौं । धनकुटा, धनकुटा नगरपालिका-२ पैदले बस्ने पृथ सिंह दाहालको कच्ची घर भूकम्पको कारण बुधबार बिहान ढलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । भूकम्पबाट घर ढल्दा अन्नपात, लत्ताकपडा र काठहरु समेत गरी उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।

पर्वत, कुश्मा नगरपालिका-१ पाङ बस्ने नारायण सुबेदीको कच्ची घरको पछाडिको भित्ता छानो सहित भूकम्पको धक्काले बुधबार बिहान भत्किन गई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्