जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



कैलाली । धनगढी उपमहानगरपालिकामा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङ बित्थडचिर गाउँपालिका-२ बस्ने ३५ वर्षीय कलक बहादुर बोहरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

बोहरा शिक्षण पेशामा संलग्न रहेको बुझिएको छ । बिहीबार दिउँसो बोहराले ती महिलाको कोठामा गई धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्