रुपन्देहीको देवदह क्वारेन्टिनमा रहेका एक युवकले गरे आत्माहत्या



बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टिनमा बसेका एक युवकले आत्माहत्या गरेका छन् । देवदह नगरपालिका ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टिनमा सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेका हुन् ।

भदौ १७ गते भारतबाट आएका उनी उक्त क्वारेन्टिनमा बसेको १३ दिन पुगिसकेको थियो । बुधबार राति फलामको रडमा झुण्डिएर पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।

पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट आएको थिएन । देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडेले भने, उनले आत्माहत्या गर्नुको कारण खुलेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  डीएसपी प्रतितसिंह राठौरले बताए ।

प्रतिक्रिया दिनुहोस्