वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित, ४ बजे सपथ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम सभा राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् ।गौतमलाई राष्ट्रपति भण्डारीले बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।सिफारिस अनुसार राष्ट्रपतिज्यूले उहाँलाई मनोनित गर्नुभएको छ । अव उक्त सूचना सचिवालयमा जान्छ, राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।राष्ट्रपतिले गौतमलाई मनोनित गरेसँगै बिहीबार ४ बजे गौतमले राष्ट्रिय सभा सदस्यको सपथ लिने तयारी भएको राष्ट्रिय सभा अध्यक्षका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्