मण्डिखाटारमा कार दुर्घटना, गाडीले हान्दा भाँचियो बिजुलीको पोल



काठमाडौं । बुधबार राति सवा ११ बजे । काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो । चालकले स्टेरिङ, एक्सिलेभटर, ब्रेक र क्लजकोसन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो ।

कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल ने भाँचियो । संयोगले कार चालकलाई भने ठुलो चोट लागेन ।

रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन । केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार ग¥यो ।

उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गरेको थियो । परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर कार चलाएका थिए ।

चालकले मापसे गरी चलाउँदा कार पोलमा ठोक्किन गएको हो । पोल र गाडीमा क्षति भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रशाद यादवले भने ।

रातिको समय भएकाले कार बिहीबार बिहानसम्म दुर्घटनास्थलमै थियो । बिहान बाटोमा कारले बिजुलीको पोल ढालेको देखेर सर्वसाधारणले तस्बिर सामाजिक सञ्जालमा राखेका थिए । केहीबेरअघि प्रहरीले कार र बिजुलीको पोल हटाएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्