काँग्रेस सभापति देउवा परे कन्ट्याक्ट ट्रेसिङमा



काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेभिटभ देखिएसँगै देउवा होम आइसोलेसनमा बसेका छन् । सचिवालयमा कायैरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापनि बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको बताए । उनका अनुसार अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्