टेबलटेनिस खेलाडीको कोरोना बिमा



काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बिमा गरिदिएको छ । पुरुष/महिलामा शीर्ष १६ वरीयतामा रहेका खेलाडीको कोरोना बिमा गरिएको संघका अध्यक्ष चतुरानन्द राज वैद्यले जनाएका छन् ।

वैद्यका अनुसार सबै प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर तथा टेबलटेनिस केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुको पनि कोरोना बिमा गरिएको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा सबैको १ लाखका दरले बिमा गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्