प्रधानमन्त्री निवासमा विपद् व्यवस्थापन परिषद्को बैठक बस्दै



काठमाडौं । विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि परिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्ष रहेको परिषद्मा विपक्षी दलका नेता, संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रिहरु ,राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ ।

देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा तत्काल उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल हुने थापाले बताए । यस्तै कोरोनाको बढ्दो संक्रमणका विषयमा आगामी रणनीतिबारे छलफल हुने थापाको भनाइ छ । उनका अनुसार चैत ११ गते जारी लकडाउन आंशिक रुपमा खुकुलो बनाउँदै जाँदा आउने चुनौतिको सामना कसरी गर्ने भन्नेबारे छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्