बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ



काठमाडौं । १० वर्षे बालिकालाई यौन दुव्र्यबहार गरेको भन्ने आरोपमा पोखरा महानगरपालिका वडा नं.- ०७ प्रगतिटोल बस्ने ५२ वर्षीय टिका बहादुर दमै सोमबार पक्राउ परेका छन् ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की मातहतका वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले दमैलाई पक्राउ गरेको हो ।

२९ गते अर्थात सोमबार दिउँसो अन्दाजी ३:३० बजेको समयमा घरमा कोहि नभएको अवस्थामा बालिकालाई यौन दुव्र्यबहार गरेका थिए । निज प्रतिवादी विरुद्ध बाल यौन दुव्र्यबहार कसुर अन्र्तरगत सम्मानित कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्