मृत अवस्थामा फेला



काठमाडौं । उदयपुर, रौतामाई गाउँपालिका-७ बस्ने ६० वर्षीया तिलमायाँ पुलामी मगर छौडिया खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँस्थित मुरकुच्ची बजारबाट घर जाँदै गरेको अवस्थामा उक्त खोला तर्ने क्रममा मगरलाई खोलाले बगाएश्चात स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा उक्त खोलाको किनारमा उनको शव फेला परेको हो ।

सिन्धुली, हरिहरपुरगढि गाउँपालिका-६ स्थित क्यानखोलामा सोही गाउँपालिका-८ बस्ने ३० वर्षीया बिबिमाया थिङ मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

तनहुँ, ब्यास नगरपालिका-१ तारी खोलाको किनारमा सोही नगरपालिका-१ हाईस्कुलटार बस्ने करिब १८ वर्षीय आकाश रिजाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरी, राजविराज नगरपालिका-१५ मुसहरनियास्थित कोशी पम्प नहरको पुलमा हाल नाम, थर, वतन नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कन्चनपुर, भिमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्