जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं । झापा, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-५ बस्ने २७ वर्षीय सोमनाथ गौतम समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई उनीहरुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उदयपुर, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाट बस्ने ४३ वर्षीय सूर्य बिश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विश्वकर्माले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्