अवैध लागूऔषध सहित पक्राउ



काठमाडौं । कन्चनपुर, बेदकोट नगरपालिका-६ लालपुरबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम सिंह साउद र ३३ वर्षीय कमल चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-१३ स्थित चन्द्रगढी रोडबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१५ बस्ने २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका-५ बस्ने शम्भुलाल बसाक रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.१ प ९९७२ नम्बरको मोटरसाइकलमा सवार सोरेनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

साथै सोरेनसँगै आएका मे.९ प ४९६१ नम्बरको स्कुटरमा सवार बसाकलाई समेत थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्